२८ कार्तिक २०८३, शनिबार

चन्द्रमामा पहिलोपटक पाइला टेक्ने अन्तरिक्षयात्री बज एल्ड्रिन नेपाल आउँदै

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

buzz-aldrin-19302749

सुनसरी, १९ भदौ । चन्द्रमामा पहिलोपटक पाइला टेक्ने दोस्रो अन्तरिक्षयात्री बज एल्ड्रिन आज नेपाल आउँदैछन् ।

एभरेष्ट साइन्स सेन्टरका अनुसार सुनसरीको शान्तिवनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन एल्ड्रिन आज काठमाडौं ओर्लिन लागेका हुन् । उनी भोली सुनसरीको शान्ति वन पुग्ने र २ घण्टा प्रवचन दिने कार्यक्रम रहेको शान्तिवनका सञ्चालक दिलिप अधिकारीले बताए ।

बजको सुरक्षाका लागि सुनसरीमा २ सय भन्दा बढी सशस्त्र र नेपाल प्रहरी परिचालनको तयारी गरिएको आयोजकले जनाएको छ । उनिसंगै नासाका पदाधिकारीहरू पनि नेपाल आउँदैछन ।