२८ कार्तिक २०८३, शनिबार

‘कालोबजारीयालाई कडा कारवाही गरिन्छ, दबाब आए मन्त्री पद छोडिन्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mantri-thakali

काठमाडौं, १८ भदौ । बाणिज्यमन्त्री रोमी गौचन थकालीले लाईसेन्स प्राप्त फर्महरुको अनुगमन गर्ने र गलत गरेको पाईए त्यस्ता फर्महरुलाई तत्काल कारवाही गर्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री थकालीले ईजाजत प्राप्त फर्महरुले कानुनी विपरित काम गरे, कालोबजारी गरे र कृत्रिम अभाव सिर्जना गरेको पाईए ती फर्महरुलाई कारवाही गरेरै छाड्ने चेतावनी दिएका हुन् । उनले अघि थपे- “बाणिज्य मन्त्रालयले छापा मार्दा गलत गरेको भेटियो भने त्यो उम्कन पाउँदैन, त्यसलाई कानुनी कारवाही गरेरै छोड्छु ।”

मन्त्री थकालीले गलत गर्नेहरुलाई कारवाही गर्दा कोही कसैले अवरोध गरे वा दबाब दिए आफू त्यसबाट एक ईन्च पनि नडगमगाउने दाबी गरे । उनले थपे- “कानुन उल्लंघन गर्ने, कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कसैले संरक्षण गर्न खोज्छ भने, त्यस्तो कसैले नसोचेपनि हुन्छ, चाहे प्रधानमन्त्रीको दबाब नै किन नओस वा पार्टीकै दबाब आएपनि म सुन्नेवाला छैन् ।” उनले कानुनी परिधिभित्र रहेर काम गर्दा कसैले दबाब दिन्छ भने त्यो आफ्नो लागि कुनै हालतमा स्विकार्य नहुने स्पष्ट पारे ।

उनले अघि थपे- “मन्त्री पद मेरो लागि केही पनि होईन, म राजनीति गर्ने मान्छे हुँ, मलाई यो पद गएपनि कुनै चिन्ता हुँदैन् ।” यद्धपी उनले असल काम गर्नेहरुलाई मन्त्रालय सहयोगी बन्ने जनाए । कालोबजारी गरेको पाईए कालोबजारी ऐन अन्र्तगर्त सडियो मार्फत कारवाही हुने समेत उनले बताए ।

प्रधानमन्त्रीको भारत भ्रमणमा नयाँ सन्धिसम्झौता हुन्छ

मन्त्री थकालीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमणमा द्धिपक्षीय महत्वपूर्ण सन्धिसम्झौता हुने बताएका छन् ।

मन्त्री थकालीले विगतमा भएका सबै खाले सन्धिसम्झौताहरुलाई ईमान्दारीपूर्वक कार्यान्वयन गर्दै अघि बढ्ने र नयाँ केही सम्झौताहरु प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा हुने विश्वास व्यक्त गरेका हुन् । उनले भने,“प्रधानमन्त्रीको भ्रमणको बेला केही महत्वपूर्ण सम्झौताहरु हुने सम्भावना मैले देखेको छु, उहाँको भ्रमणसँगै व्यापारका द्धिपक्षीय नयाँ ढोकाहरु खुल्नेछन् ।”

उनले नेपालले उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राखे । नेपालको बजार भनेको नै भारत र चीन भएकाले नेपाली उत्पादनको असर नपर्नेगरि डाटा बेस एनलाईसीसमा रहेर सम्झौताहरु गर्नुपर्नेमा जोड दिए ।