काठमाडौं, १८ भदौ । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आगामी डेढ वर्षभित्र तीनवटै तहको निर्वाचन हुन नसक्ने बताएका छन् ।
राजधानीमा शनिबार पत्रकार अनिल थापाद्धारा लिखित ‘अविराम बाबुराम’ नामक पुस्तकको विमोचन गर्दै भट्टराईले संसदमा रहेका प्रमुख दल कांग्रेस, एमाले र माओवादी सरकार बनाउने र गिराउने खेलमा मात्रै अल्झिएकाले आगामी डेढ वर्षभित्र स्थानीय, प्रदेश र केन्द्रको निर्वाचन हुन नसक्ने ठोकुवा गरे ।
सत्ता फेरबदलले नै पहिलो संविधानसभाबाट संविधान नलेखिएको र यहि ताल भए आगामी डेढ वर्षभित्र तीन वटै निर्वाचन नहुने उनको भनाई छ ।
प्रमुख तीन दलबीचको सत्ता राजनीतिले संविधान कार्यान्वयन नै जटिल मोडमा पुगेको भट्टराईले बताए ।












प्रतिक्रिया