१ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न चीनलाई भारतको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-modi

काठमाडौं, १८ भदौ । भारतले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न चीनलाई सुझाव दिएको छ ।

सिंगापुरमा आयोजित इन्डियन ओसन कन्फ्रेन्समा बोल्दै भारतीय विदेश सचिव एस जयशंकरले हिन्दू महासागरमा भारत आफ्नो नीतिमा दृढ रहेको भन्दै चीनलाई धाक धम्की होइन् अन्तर्राष्ट्रिय मान्यता र कानून बमोजिम सबै राष्ट्रको सम्मान गर्न आग्रह गरे ।

हेग अन्तर्राष्ट्रिय अदालतले दक्षिण चीन सागरका विषयमा फिलिपिन्सका पक्षमा फैसला गर्दा चीनले आफ्नो सार्वभौमिकतामाथि दख्खल दिने अधिकार कसैसँग नभएको भन्दै अदालतको फैसला नमान्ने धम्की दिएको थियो ।

दक्षिण चीन सागरमा फिलिपिन्सले पनि आफ्नो दाबी गर्दै अदालतमा मुद्दा हालेको थियो । चीनले अदालतको फैसला नमान्ने धम्की दिएपछि भारतले अन्तर्राष्ट्रिय कानून र मान्यताहरुको सम्मान गर्न आग्रह गरेको हो ।

उसो त दक्षिण चीन सागरमा अमेरिकालाई उतार्न भारतले आफ्नो भुमि अमेरिकी सेनालाई प्रयोग गर्न दिने सम्झौता गरिसकेको छ । यस्तो अवस्थामा भारतले दिएको सुझावलाई चीनले मान्ने अवस्था देखिँदैन् । उल्टै आन्तरिक मामिलामा नबोल्न भारतलाई चेतावनी दिन सक्छ ।