नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले क्रिश्चियन संस्थाहरुको डिजाइनमा नेपाली भाषा परिवर्तन भएको खुलासा गरेकी छन् ।
व्यवस्थापिका संसदको बैठकमा नेपाली भाषाको बारेमा जोडदार अभिव्यक्ति दिँदै उनले कारवाहीको माग गरिन् ।
उनले प्रश्न गरिन्- ‘के मन्त्री वा मन्त्रालयको काम सही मात्र गरेर देश भड्खालोमा हाल्ने हो ? र देशै मात्र बेच्ने हो ?’
उनले अगाडि भनेकी छन्ः
केही भाषाविद्का अनुसार यो काम अमेरिकाको सिल नामक संस्थाको भूमिका रहेको भनिएको छ र क्रिश्चियन धर्मसम्बन्धी उक्त संस्था विवादित रहेको सञ्चारमाध्यममा उल्लेख छ । के उक्त संस्थाकै दबाबमा अध्ययनै नगरी बिना छलफल मन्त्री दिनानाथज्युले उक्त प्रतिवेदन सदर गर्नुभएको हो ? यो प्रश्न पनि उठिरहेको छ ।
कुनै पनि भाषा कुनै एक व्यक्ति वा समाजको मात्र होइन सिङ्गो मानव समुदायको सम्पति हो। नेपालमा दुई फरक भाषा वा समुदायबीच सुमधुर र बलियो सम्बन्ध राख्ने एउटा सशक्त माध्यम नेपाली भाषा हो जसलाई संविधानतः सरकारी कामकाजको भाषाका रुपमा स्वीकार गरिएको छ। तर यही नेपाली भाषा प्रयोगमा विभिन्न समयमा विवादपछि अहिले जटिल समस्या बन्दै गइरहेको छ। यसरी भाषामा जटिलता ल्याउन आफूलाई जिम्मेवार स्वीकार्दै पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले केही दिनअघि सञ्चार माध्यममा भन्नुभएको छ आफैले निर्णय सदर गरेको रहेछु। गल्ती भएछ। मन्त्री हुँदै थाहा पाएको भए तत्कालै उल्ट्याउने थिएँ। सदियौँदेखि प्रयोगमा रहेको भाषा र त्यसको नियमलाई केही भाषाशास्त्रीहरुले उल्ट्याउने प्रतिवेदन मन्त्रीसमक्ष राख्दा उक्त प्रतिवेदनको अध्ययन र छलफल बिना शिक्षामन्त्रीले हेर्दै नहेरी सदर गर्ने कार्यले के अर्थ दिन्छ ?
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=nQD0uAZ5g60













प्रतिक्रिया