२८ कार्तिक २०८३, शनिबार

संविधान कार्यान्वयन र चुनाव गर्न नसके देश संकटमा पर्ने शक्तिको चिन्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shakti-basnet

जाजरकोट, १८ भदौ । नेकपा माओवादी केन्द्र ६ नं प्रदेशका इन्चार्ज शक्तिबहादुर बस्नेतले संविधान कार्यान्वयन र चुनाव गर्न नसके देश संकटमा पर्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

स्थानीय कालेगाउँमा उहाँकै घर नजिकै रहेको शिव व्यावसायिक मावि कालेगाउँमा आफ्नो सम्मानमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वगृहमन्त्री बस्नेतले संविधानको कार्यान्वयनले मात्र नयाँ अवसर, नयाँ सम्भावना अनि विकास गर्न सकिने बताउनुभयो ।

बर्सेनी केन्द्रबाट पठाइएको बजेट काम गर्न नसकेर फ्रिज भएकामा दुःख व्यक्त गदै उहाँले जिल्लाको बजेटले खासै देखिने काम केही नभएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।

अर्काे प्रसङ्गमा उहाँले नलसिंहगाड जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्न आफूले पहल जारी राखेको जानकारी दिनुभयो । रासस