१ कार्तिक २०८३, शनिबार

खरेल पर्यटन बोर्डको जनसम्पर्क प्रतिनिधिमा नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ram chandra kharel– विजय थापा

वाशिंगटन डिसी । पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि सम्पूर्ण अमेरिकाको लागि संचारकर्मी तथा गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार राम चन्द्र खरेललाई नेपाल पर्यटन बोर्डले पुन जन सम्पर्क प्रतिनिधि पदमा नियुक्त गरेको छ ।

नेपाल पर्यटन बोर्डका दिपक राज जोशीबाट हस्ताक्षरित नियुक्त पत्रमा खरेललाई जुलाई ११ ,२०१६ तारिख देखि लागु हुने गरि जुलाई १० ,२०१८ सम्मको लागि पुन २ वर्षको लागि नियुक्त गरेको छ ।

नेपाल पर्यटन बोर्डले उनलाई सोहि पदमा दुई बर्ष अगाडि नियुक्त गरेको भएता पनि उनले बिगतमा पर्यटनको विकास र प्रबर्द्धन गर्न अहम भूमिका निर्वाह गरेको कारण दुई बर्षको लागि पुन थप गरेको छ ।

हालसालै नेपाल पर्यटन बोर्डले अमेरिकामा आधा दर्जन भन्दा ज्यादा अवैतनिक मानार्थ नियुक्ति बिभिन्न राज्यहरुका प्रतिष्ठित व्यक्तिहरुलाई नियुक्त गरेको थियो ।

नियुक्त भएका सबै अवैतनिक मानार्थ दुतलाई बिशेष क्षेत्रको लागि भनि तोकेको भएता पनि खरेललाई अमेरिकाको लागि भनि पत्रमा तोकेको छ ।

खरेलले नेपाललाई बिश्वमा चिनाउन दूरदर्शन (टेलिभिजन)को ईतिहासमा मुलुक बाहिर सर्बप्रथम सगरमाथाटिभी युएसए स्थापना गरेका हुन् ।

बिगत दुई दशक देखि उक्त संचार माध्यमबाट अमेरिकामा रहेका नेपाली समुदायका गतिबिधि, कार्यक्रम, उपलब्धि आदी इत्यादी दर्शक माँझ पुगाई समाज सेवा गरि रहेका छन् ।

नेपाल पर्यटन बर्ष २०११ सुरु हुनु अगाडी देखि नै उनले २०१० मा नेपाल दर्शन टेलिभिजन को शुभारम्भ गरि निरन्तर नेपाललाई बिश्व सामु व्यापक रुपमा प्रचार तथा प्रसार गरिरहेका छन् ।