१ कार्तिक २०८३, शनिबार

जापानमा यसरी मनाइयो तीज विशेष कार्यक्रम

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Japan 1टोकियो । जापानको नागोया शहरमा बसोबास गर्ने नेपालीहरूले हिन्दू नारीहरूले विशेष महत्वका साथ मनाउने तीज पर्वका अवसरमा नाच गान गर्नुका साथै दरखाएर मनाएका छन् ।

सेप्टेम्बर एक तारिखकका दिन नागोया शहरमा दर खानुका साथै एकआपसमा शुभकामना आदान प्रदान गरिएको ज्योति मल्लले जानकारी दिए ।

Japan 3‘तीज पर्वको अवसरमा नेपालीहरूले तीज मिलन कार्यक्रम राखेका थियौँ’, मल्लले भने, ‘तीजका अवसरमा शुभकामना आदान प्रदान गरिएको थियो ।’ चाढ पर्व आउँदा गाउँघरको सम्झना आउने भएकाले जापानमा बसेका नेपालीहरू एक ठाउँमा जम्मा भएर तीज मनाएको मल्लको भनाइ छ ।

Japan 2जिङलाला डटकमको आयोजनामा भएको तीज विशेष कार्यक्रममा प्रतिक चन्द, समिर श्रेष्ठ, अदीति सिंह, विनु के.सी., सुष्मा, अरुण ढकाल, यशोदा थापालगायतका नेपालीहरूको सहभागिता रहेको थियो । दर खाएपछि उपस्थित सहभागीहरू तीज गीतमा छमछमी नाचेका थिए ।