काठमाडौं, १७ भदौ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले काठमाडौं–तराई जोड्ने द्रूत मार्ग (फास्ट ट्रयाक) पुनः भारतलाई दिने दाबी गरेका छन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ठेक्का पनि त विदेशी कम्पनीले नै पाएको छ त्यसको चाँही किन विरोध नगरेको ? फाष्ट ट्रयाकको मात्रै किन यत्रो विरोध ? भन्दै शुक्रबार संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै गृहमन्त्री निधिले फास्ट ट्रयाक आयोजनाको काम भारतलाई नै दिने दाबी गरेका हुन् ।
सर्वोच्च अदालतले इन्फ्रास्टक्चर लिजिङ् एन्ड फाइनान्सियल सभिर्सेज (आइएलएफएस) नामक विवादित भारतीय कम्पनीलाई फास्ट ट्रयाक निर्माणको ठेक्का नदिन आदेश जारी गरिसकेको भएपनि मन्त्री निधीले फास्ट ट्रयाक निर्माणको ठेक्का भारतीय कम्पनीलाई दिनुपर्ने दावी नै गरेका छन् ।
यद्यपी प्रधानमन्त्री प्रचण्डले उक्त आयोजना स्वदेशी लगानीमै निर्माण हुने बताउँदै आएका छन् । र सर्वसाधारणले पनि यो आयोजना भारतलाई दिन नहुने भन्दै भारतलाई दिने विषयमा चौतर्फी आलोचना गर्दै आएका छन् ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पनि फास्ट ट्रयाक स्वदेशी लगानीमा बनाउन कठिन रहेको भन्दै विदेशीलाई दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।












प्रतिक्रिया