३० आश्विन २०८३, शुक्रबार

तीजको लहर आयो बरिलै !

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Niru-thapaनेपाली महिलाहरुको महान पर्व हरितालिका तीज हाम्रो घर आंगनमा आइसकेको छ । यतिखेर सम्पूर्ण नेपाली आमाहरु, दिदी बहिनीहरुलाई तीजको रौनकताले छोएको छ । भने केयौ दिदीबहिनीहरुलाई यतिखेर आफनो माइतीघरमा जमघट भएका छन् होला कोही दिदीबहिनी आफनो जन्म घर जान नपाएका बाध्यता विवशता पनि होलान् तर पनि सबै लाई तीजको रौनकता ले छोएको छ । आखिर व्यवसायिक हुन् या वर्षभरि खेतीबारीमा काम गर्ने किसानी महिला, उनीहरुले आफना लागी रमाइलो गर्ने, आफनो लागी व्यक्तिगत समय निकाल्ने पर्व हो तीज, वर्षभरिको थकान मेटाउने तथा आफुलाई रिफ्रस गदै मन खोलेर, खुसी हुने यो पर्वलाई हरेक नेपाली महिलाले आफना लागी सेलिव्रेट गर्ने पर्वका रुपमा लिएका छन् । हुन त यसलाई पौराणिक, धार्मिक ग्रन्थसंग जोडेर हेर्दा भावी पति वा श्रीमान्का लागी व्रत बसिएको मानिन्छ र पनि तजि मनाउने पुराना शैलीहरु केलाउदा महिलाहरु एक दिन भए पनि मिठो खाने , नाचगान गर्ने, मन परेका पहिरहनमा सजिने, माइतमा जाने, वर्पभरिका मन भित्रका पिर, ब्यथा गीत मार्फत व्यक्त गर्ने जस्ता स्वतन्त्रता उपभोग गदै आएका छन् । हरेक महिलाहरु यो पर्वमा बन्धनमा अलिझएको भए पनि यो पर्वका बेला घरपरिवारमा तथा समाजबाट समेत महिलाहर ले स्वतन्त्रता महसुज गर्न पाउंछन् । यो महव्वपुर्ण समयमा महिलाका लागी विशेष रौनकता थपि दिएको छ दरले।

दरका रुपमा आफ्ना आफ्ना दिदि बहिनीलाई जम्मा गरेर रमाइलो कुराकानी संगै मीठो–मसिनो खाने चलन रहेको छ । यस मौकामा विशेष गरेर जुनसुकै पुस्ताका भए पनि तीजमा सबै जसो महिला दिल खोलेर रमाइलो गर्न चाहान्छन् । तीजले उनीहरुलाई विशेष प्रकारको आनन्द प्रदान गर्दछ भने अर्काे तर्फ तीज पर्व आधुनिकता संगै तीज मनाउने स्वरुपमा पनि परिवर्तन आएको छ । बर्सेनि पोहोर मनाइएको तीज त यस्तो थियो भन्ने भनाइ साल फेरिएसंगै इतिहास बन्ने क्रममा छ । घडीको सुई घुमेझै परिवर्तका झोक्का सेकेन्डभरमै बदलिरहेका छन् । पोहोर साल सबै दिदि बहिनी जम्मा भएर राति अवेर सम्म दर खाएर आफ्ना बर्ष भरिका दुःख वेदना एक आपसमा साटा–साट गरेका र गीत मार्फत आफ्ना पिडा साटेका दिदिबहिनीले यतिखेर आधुनिक कारणको देखासिखि संगै यो बर्ष पाटी प्यालेस, होटेल लजमा दर–पाटी आयोजना गरेका छन् । घाम नअस्ताई दर खान नहुने दरमा सास्तिक भोजन मात्र ग्रहण गर्नु पर्ने हाम्रो मौलिक परम्परामा पनि परिवर्तन आई दरमा मासुका परिकारहरु थपिएका छन् । भने तीज सुरु हुन भन्दा एक महिना अगाडी बाट दर ख्याउने लहर बढदो छ । यसले गर्दा आधुनिकता संगै तीज पर्वमा विभिन्न संघ–संगठनले यसरी तीज सेलिब्रेट गर्दा कतै हुने खानेको लागी मात्र तीज पर्व बनेको त छैन या अन्य चाडपर्व हरुको पनि आवास गराएका छन् । विहान बेलुका आफ्नो हातमुख जोड्न नसक्नेहरुका लागी र संघ–संगठनमा नभएका धेरै महिला दिदि बहिनीको लागी तीज पर्व एउटा अभिषाप बन्न पुगेको छ । हरेक दिन मिठो खाने र राम्रो लगाउने भीडमा आइपुगेको छ । हाम्रा चाडपर्व यो तीज जहा दर खानका लागी महिनौ अघि देखि कुरिरहन्थ्यौ भने अहिले गणै हुदैछ । भने मन लागेका बेला दर खाने चलन बढेको छ ।

हिजो आजको तीज होटेल, पाटी प्यालेस, घरबाहिरको धुमधाम तथा कुनै सभाहल मा मनाउन थालिएको छ । हुन त जसरी मनाएता पनि यस पर्वको महत्व छ । मात्र तीजलाई मनाउने स्वरुपमा परिवर्तन आएको छ पहिले तीज मनाउदा आफ्ना दाजुभाइले आफ्ना दिदिबहिनी लाई बोलाएर घरमै तीज मनाइथ्यो थियो भने अहिले विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रमा उपस्थित भएर नाचगान गदै तीज सेलिब्रेसन गरेको पाइन्छ । यसले गर्दा यो तीज पर्व भनेको हुने खानेका लागी मात्र भएको महसुस भएको छ । यो बर्षदिनमा आउने चाडपर्वले सम्पूर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीलाई हर्ष, खुसी,उमङ्ग र आन्नद दिन सकोस् यसरी आधुनिकता संगै मनाएका यि चाडपर्वले कैयौका लागी अभिषाप बन्न पुगेको बताउनु हुन्छ गुल्मी तम्घासकी सरस्वती थापा– अवश्य पनि हो सरस्वती थापाको विचार जस्तो अन्य व्यक्तिहरुको विचार त्यस्तै भएदिए यो तीज पर्व र अन्य चाडपर्व ले आम जनमासमा पनि अर्थपूर्ण, उपलधिपूर्ण, आन्नदमय र सार्थकतामय हुने थियो की ।