२८ कार्तिक २०८३, शनिबार

महेन्द्र मञ्जिलपछि पूर्वराजा ज्ञानेन्द्रको दरबारमा पनि काटियो विद्युत लाइन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra

काठमाडौं, १७ भदौ । विद्युत महसुल नबुझाएको भन्दै नारायणहिटी दरबारस्थित पूर्व मुमा बडामहारानी निवास महेन्द्र मन्जिलको विद्युत लाइन काटेको नेपाल विद्युत प्राधिकरणले विहीबार साँझबाट पूर्वराजा ज्ञानेन्द्र शाहको निवास नागार्जुन दरबारको विद्युत लाइन काटेको छ ।

ज्ञानेन्द्र बस्ने नागार्जुन दरबार सरकारी सम्पत्ति होे । सरकारले नै उनलाई पूर्वराजाको रुपमा बसोबासका लागि नागार्जुन दरबार दिएको थियो । जसअनुसार यो दरबारको महसुल पनि सरकारले नै तिर्नुपर्छ ।

तर, विद्युत प्राधिकरणले महसुस नबुझाएको भन्दै उर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा विद्युत लाइन काटेको हो । पूर्व राजा ज्ञानेन्द्रका निजी सचिव फणिराज पाठकले नागार्जुन दरबारमा विद्युत लाइन काटिएको जानकारी दिए ।

नागार्जुन दरबारको महसुल संस्कृति मन्त्रालयले तिर्नुपर्छ । यो दरबारले प्राधिकरणलाई ७१ लाख महसुल बुझाउन बाँकी छ ।

सरकारको स्वामित्वमा रहेको नागार्जुन दरबार गणतन्त्र घोषणापछि सरकारले पूर्व राजा ज्ञानेन्द्र शाहलाई बसोबास गर्न उपलव्ध गराएको थियो । पूर्व राजा ज्ञानेन्द्रको परिवार कहिले नार्गाजुन त कहिले महाराजगञ्जस्थित निर्मल निवासमा बस्दै आएका थिए ।

यसअघि उर्जामन्त्री शर्माले चर्चामा आउन पूर्व मुमा बडामहारानी रत्नराज्य लक्ष्माी शाह बस्दै आएको महेन्द्र मञ्जिलको विद्युत लाइन काट्न लगाएका थिए । तर, चौतर्फी दवाव परेसँगै २४ घण्टा नबित्दै विद्युत जोडिएको थियो ।