३० आश्विन २०८३, शुक्रबार

अामाको उपचार गर्न नसकेर रोएको त्यो दिन…

12.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keshav-pandeyभदौ १५ गते म काठमाडौ छिरेको १ बर्ष २ महिना पुग्थ्यो । एसएलसी सकेपछि जागिर गर्ने अनि राम्रो पढाइ र आमाको उपचार गर्ने एकसरो सुनौलो सपना मात्र थिए, मसँग, यो शहरमा सँगसँगै बाँचेका, वर्षौदेखि … । गरिबको सपना कति नैँ ठूला हुन्छन् र! गाउँबाट जसोतसो जोहो गरेर बुबाले लिईदिनुभएको कोठा थियो । मसंग पढाइको लागि काम गर्नुको विकल्प थिएन । केही दिनपछि ठमेल छेवैमा रेष्टुरेन्टमा भाँडा माझ्ने काम मिल्यो । मध्यरातिसम्म काम हुन्थ्यो, ब्यस्त भएर लखतरान शरीर लिएर कोठामा पुग्नु र बिहान सबेरै कलेजको लागि तयार हुनु थियो । दैनिकी एउटा चक्र जसरि एउटै भएर चल्न थाल्यो । एक बर्षमा तलब बढेर तीन हजार रुपैयाँ पुगिसकेको थियो, महंगीको कुरा नगरम ।

कलेजमा फि,कोठाभाडा जसोतसो तिर्न पुग्थ्यो ,बचाउने त परैको कुरो।पढाइ  मुस्किलले चलेकै थियोे ,अर्को महान सपना अाफै कमाएर अामाको उपचार गर्नु त्यसै  नै थियोे ,अब जसरि नि गर्नुछ!भाडा नतिरेको तीन महिना पुगिसक्यो।कलेजमा फि पनि त्यसै ,पटकपटक ताकेता गर्न थाल्यो ।यता घरपेटि पनि अचाक्लि गालि गर्थे ,कैले त मध्यरातमा रक्सि धोकेर कराँउदा छोडेर जाँउ जसरि चित्त दुख्थ्यो तर पनि बाध्यताले सहनु पर्यो।कहिले घरपेटि बूढो नरम भएर बोल्दा अौधि खुसि लाग्ने ती दिनहरुमा  म सँधै नम्र भएरै बोलेँ।बुबाले ल्याउनुहुन्छ ,तलब दिएको छैन यस्तै ,यस्तै समस्या  देखाएर टारेँ।गिता जस्तो धर्मशास्त्रमा  भनिएको छ रे “कसैको ज्यान जोगिने अबस्थामा झुटो बोल्नु पाप मानिँदैन !” यहाँ त जन्म दिने अामाको कुरा छ,मैँले पनि त्यहि गरेँ।कलेजको चेतावनीको समेत हद नागेपछि मलाई गेटबाटै पालेले अपराधीलाई जसरि थर्काएर फर्काउन थाल्यो ,”धन नभएपछि सरस्वतिको ढोका पनि  बन्द भयो।”एकदिन क्याम्पस प्रमुखलाई बाहिरै भेटेर अनुनय विनय गरेँ।`यस्ता बहाना लिएर अाउने सबैलाई छुट दिए कलेज बन्द हुने भन्दै उनी कड्किए´मैले जवाफ फर्काउन ठाउँ देखिन ।पढाइ छुट्दै गयो ,अब त्यो समयमा पनि काम गर्न थालेँ।मेरो लागि समय धेरै कठोर बन्दै गयो  ,ममा बाँकि  अाशा भने बढ्दै गए।

त्यसयता कलेज र घरपेटिको गालि सम्झेर बेसरी रोएको छु ,रुँदारुँदै कैयौँ चोटि अाँशुले रेष्टुरेन्टमा भाँडा धोएको छु।साथीहरू सोध्थे,”के भयो तलाई?”बेलिबिस्तार सुन्थे र मनका धनी साथीहरू सकेसम्म सहयोगको ढाडस दिएर ,अाशालाइ बचाइदिन्थे ।भदौ लागेपछि घरबाट पन्ध्रौं मिनेट टाढाको फोनमा कल गरेर बुबालाई बोलाउन लगाँए।त्यो दिन बुबालाई भनेँ ,बुबा अामालाई जचाँउन अब ढिला गर्न हुन्न पठाइदिनुस भनेँ।यसबिचमा गाँउतिर सरसापट गरेको पैसा लिएर अामा अाँउदा म बनेपा बसपार्कमा लिँन पुगेँ।पहिला अाँखामा मासु पलाएर नानी छोप्न लागेको अपरेसन “तिलगंगा अाँखा अस्पतालमा” लगभग   पाँच हजारमै सकियो।अब फलोअफ र अाँउदा जाँदा अप्रेसन गर्नुपर्दा बसमा भिडभाडले अप्ठ्यारो पर्दा ट्याक्सि लिनुपर्यो ,भाडा महँगो भो।बर्षौ अघिदेखिको रोग  ठिक भयो।दमको पनि  राम्रो ठाउँमा  परिक्षण गरियो चेकअफ राम्ररि गरेर अोखति खान थालेपछि कम हुँन थाल्यो ।

बाँकि थियो ,अनुहारको दायाँ पाटो अाफै चलिरहने सुरुमा अाँखा बेस्सरी फर्फराँउथ्यो। गाउँमा अनेक शुभ -अशुभका अड्कल काट्दा काट्दै ढुङग्रोमा अागो फुक्दा सास बाङ्गीने र लुछेजसरि अाधा अनुहार चलाएमान भएर अप्ठ्यारो हुन थालेपछि मात्र रोग हो भन्नेमा शंका भएन।घरको कमाइले बर्षभरि खान पुग्दैन थियो अामाभन्दा कमै रोगी भएपनि बुबाको जिर्ण शरिरले भाइबहिनीलाई धानेकै मात्र छ।जेठोबाठो हुनुले थामिनसक्नको जिम्मेवारी ममाथि थपिँने नै भयो ।त्यो रोगको बारे बुझ्दै जाँदा जतिसुकै अन्त गए पनि थापाथली नर्भिक हस्पिटल नपुगि ठिक हुँदैन भन्ने सुनेँ ।अब राम्रो ठाउँ महँगो परेपनि  नराम्रो तिर किन ट्राई गरिरहनु भन्ने सोचेँ। एकजना पन्त थरिका डाक्टरकोमा बिहान नौ बजेको समय मिल्यो ।डाक्टरले सबै हेरे ,सोधे र एमअारअाई गरेर ल्याउनुस भनेर पानिपोखरिको “प्रशान्ति एमअारअाई”को नाम दिए ।सोध्दै खोज्दै पुगेर दिनभरजस्तो भोकै बसेर त्यसै दिन सोह्र हजार तिरेर रिपोर्ट लिएर अाईयो। भोलिपल्ट रिपोर्ट लिएर पुगेँ,डा.पन्तले रिपोर्ट हेरेर भने यसलाई  “फेसिएल प्यारालाइसिस” भनिन्छ समयमै उपचार नपाए बिस्तारै एउटा पाटो च्यापेर नचल्न सक्छ, सिम्टोम यस्तो छ ।नसाको समस्या हो टाउको पछाडिको भागबाट अपरेसन गर्नुपर्दछ ,अरु बिकल्प छैन भन्दै बाँकि सहयोगीलाई बुझाईदिन भने ।सहयोगीले पहिला उपचार गराएका बिरामीको भिडियो देखाँउदै भने यि,शिक्षकको बेलाबेला अाँखा अाफै झिम्किएर बिधार्थि जिस्काएको अारोपमा तनाब पाएछन बेलैमा अाईपुगेर निको भए ।तपाँइहरुको पुरानो समस्या हो।यसमा तलमाथि हुन नि सक्छ  ग्यारेन्टी भन्न सकिँन्न,हस्पिटलको भित्रि खर्च दुई लाख र बाहिरि खर्च जोहो गरेर घरसल्लाह गर्नुस अनि फोन गर्नुहोला यो नम्बरमा ,98******** ।उसले थोरै मात्र हेक्का नराखी बिरामि अामाकै अगाडि सब खुला लाखौंलाखमा भन्दियो।

रिपोर्टको झोलि बोकेर म अामाभन्दा अगाडि अगाडि केही नबोलि हिँडे।भन्नू बाँकि केही थिएन मैँले ,सब उसैले भनिदिएको थियो । कैले नसुक्ने सातपत्र सुक्ने भदौको चर्को घाम पनि  मलाई अँध्यारो लाग्यो  सिंहदरबार ,रत्नपार्क हुँदै मनभरि अनेक तर्कना उठ्दै अाए,मुस्किलले जुटेको तीस हजारको त ऋण छ,अब कस्ले पत्याँउछ तिर्ने अाधार नभएपछि ?म अाफुलाई यति निरीह सोच्न पुगेँ कि पछाडि फर्केर अामाको अनुहार हेर्ने हिम्मतसम्म निँ गर्नसकिँन।त्यो रात मलाई निन्द्राले छुन सकेन।अामाको अाँसुले भिजेको सिरानीको याद अाइरहन्छ। अामाको मन न हो!अाफ्नो कारण  ऋणै ऋणमा सन्तान डुबेको  कल्पना पनि कसरी गर्न सक्नुहुन्थ्यो र!मन हुँडलिएर अमिलो भएर अाँउथ्यो।

अाजकाल समाचार देख्छु,

“पुर्बराष्ट्रपतिलाइ क्यान्सर !६०लाख उपचार खर्च दिने, अमेरिकामा उपचार हुने।”

“देउबा स्वास्थ्य जाँचका लागि  सिंगापुर”

“अोलि थाईल्याड्मा उपचार गर्दै”

“यता नक्कली डाक्टर !”

स्वदेशमै हुनसक्ने उपचारका लागि बिदेश जाने  ठिक लाग्दैनन मलाई! तथापि त्यहि बिषय राष्ट्रबाद र घातक‍ो नाममा अन्धबिरोध र अन्धसमर्थन देख्दा घृणा जाग्छ।यता, भएका स्वास्थ सेवा उपयोग गर्न नसकि मर्ने जनता छन उता जनप्रतिनिधि नामकालाई यताको घिउ पच्दैनन।

यस्तै मुद्दा लिएर अनसन बस्दा गोविन्द केसिमा “हामी र हामिभन्दा धेरै गरिब नेपाली देख्छु ,डलरमा भोको बसेको देख्दिँन।”गगन थापा स्वास्थ्य मन्त्री हुँदा केही धुमिल अाशा देख्छु, बहुमत नेपालीले देख्छौँ जसरि…

अाज उबेलाको  डाएरि पल्टाएर हेरेँ , कबिताबध्द ती अालो अतीतका केहि ….

जाँदा थियोे अाशा हजुर ,अाँउदा सब चकनाचुर !
गरिबलाई नै लाग्नपर्ने यो रोग नामको महिषासुर!!
——————–
अस्पतालमा डाक्टर ,नर्सका कति मीठो बोली!
त्यै बोलिले    लगाईदियो  लाखौँलाखको गोली !!
———————
सरल, सुपथ स्वास्थ्य सेवा कहिले पाँउने होला!
रक्षा गर ,  शरण परेँ ,   हे पशुपतिनाथ भोला!!

यस्तै ,यस्तै र यसभन्दा जटिल बास्तबिक कथा मजस्ता कैँयोका छन।