२७ कार्तिक २०८३, शुक्रबार

एकाएक यस्तो रुपमा देखिए खुमबहादुर खड्का

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khum Bahadur Khadka Daiकाठमाडौं, १७ भदौ । नेपाली कांग्रेसमा उपसभापति तोकर बसेका पूर्वमन्त्री एवम् केन्द्रीय सदस्य खुमबहादुर खड्का आजकाल अलि धेरै धर्मकर्मतिर लागेका छन् ।

बिहीबार अचानक नेता खड्काले ललितपुरस्थित आफ्ना एक शभेच्छुकको घरमा पुगेर पूजा गर्नुका साथै पारिवारिक भलाकुसारी गरेका छन् ।

भलाकुसारीका क्रममा नेता खड्काले आफूले छिट्टै हिन्दूधर्मसम्बन्धी आन्दोलन अगाडि बढाउने बताएको स्रोतले जनाएको छ ।

‘खुमबहादुर खड्का ज्यूले नेपाललाई हिन्दू धर्म बनाउनका लागि दबाब दिने उदेश्यले छिट्टै आफ्नो अभियान चलाउने बताउनुभएको छ’, स्रोतले भन्यो, ‘उहाँलाई हामी जस्ता हिन्दू धर्मप्रति आस्था राख्नेले सहयोग गर्ने छौं ।’

मृगौला रोगको उपचारपछि खासै घरभन्दा बाहिर नजाने नेता खड्का बिहीबार पशुपति शम्शेर राणा नेतृत्वको राप्रपाका केन्द्रीय सदस्य टी.एन. योगीको निवासमा पुगेर धर्मसम्बन्धी परामर्श गरेका हुन् ।

टी.एन. योगीले आफ्नो निवासमा नेपालका चर्चित व्यक्तिहरूलाई बेलाबेलामा बोलाइर विभिन्न कुराकानी गर्ने गर्छन् । योगी धर्मप्रति अलि धेरै रुचि भएका व्यक्ति हुन् ।

कांग्रेसमा उपसभापति बन्नबाट अहिलेको उपप्रधान एवम् गृहमन्त्री बिमलेन्द्र निधि बाधक बनेपछि सभापति शेरबहादुर देउवासँग नेता खड्का रुष्ट छन् ।