२७ कार्तिक २०८३, शुक्रबार

नारायणगढ–मुग्लिन सडक सुचारु, गन्तव्यतिर लागे यात्रु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mugling-sadakचितवन, १७ भदौ । चितवनको कालीखोलामा पहिरो खसेर अबरुद्ध भएको नारायणगढ–मुग्लिन सडक सुचारु भएको छ । सडक सुचारु भएसँग रोकिएका सवारी साधन र यात्रु गन्तव्यतिर लागेका छन् ।

राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र मानिएको कालीखोलामा पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएको थियो ।

सुरक्षाकर्मी र सडक कार्यालयका कर्मचारीहरूको पहलमा अबरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको थियो ।

पहिरो पन्छाउन डोजरसहित प्रहरी परिचालन गरिएको छ । सुक्खा समयमा समेत पहिरो खस्दै आएको कालीखोलामा रातभर परेको वर्षापछि पुनः पहिरो खसेको हो ।

पहिरोका कारण चितवनबाट काठमाडौ र पोखरा जाने आउने सयौँ सवारी बीच बाटोमै रोकिएका थिए ।

कालीखोलामा अघिल्लो साता सडकको जीर्ण अवस्थाका कारण एउटा यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो ।

नारायणगढ–मुग्लिन सडक अहिले विस्तारका क्रममा रहेकाले खनेको स्थानमा सामान्य पानी पर्दासमेत पहिरो खस्दै आएको छ ।