न्युयोर्क (अमेरिका) । आइतबार हुन लागेको एन्मा र नासाको संयुक्त अधिवेशनको क्रममा ब्लड डोनर्स एसोसिएसनले रक्तदान कार्यक्रम राख्ने भएको छ ।
सेप्टेम्बर ०४ आइतबार मिजौरीको सेन्ट लुइसमा हुन गैरहेको उक्त अधिवेशनमा रक्तदानका बारेमा अन्तरकृया समेत राखिएको बिडीएका अध्यक्ष डा। नन्द रेग्मीले बताउनुभयो । ‘सन् २००९ देखिनै हामीले संयुक्त रुपमा कार्यक्रम गर्दै आएका छौं, यसपटक पनि रक्तदान राखेका छौं,’ उहाँले भन्नुभयो ।
सेप्टेम्बर ४ तारिक आइतबार १८२० मार्केट स्ट्रिट सेन्ट लुइसमा उक्त कार्यक्रम हुन लागेको हो । उक्त अधिवेशन तथा रक्तदान कार्यक्रमका बिडीएले आफ्नो कार्यकारिणी समितिबाट निमा शेर्पा, लक्ष्मी भट्ट, सरोज श्रेष्ठ, रेशम घर्ती र डा। द्रोण गौचनलाई सहभागी हुन पठाउने निर्णय गरेको छ ।
यस पटक बिडीएले अमेरिकाका बिभिन्न राज्यहरुका रक्तदानका बारेमा जनचेतना जगाउन ‘स्टेट को–अर्डिनेटर’ को मनोनयन समेत गर्न लागेको छ ।
एक पटक रक्तदान गरेपछि उक्त संस्थाको सदस्य हुन सकिन्छ । स्वास्थ्यका कारण रक्तदान गर्न नमिल्ने पनि संस्थामा आवध्द हुन सक्छन् । हालसम्म संस्थामा ३०० जना भन्दा बढी सदस्य रहेका छन् ।
















प्रतिक्रिया