३१ आश्विन २०८३, शनिबार

राष्ट्रपतिद्वारा पौडी खेलाडी गौरिका सिंह सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaurika-sing

काठमाडौँ, १६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलमा भएको रियो ओलम्पिकमा सहभागी पौडी खेलाडी गौरिका सिंहलाई आज सम्मान गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले ओेलम्पिकमा सहभागी खेलाडीमध्ये सबैभन्दा कम १३ वर्ष उमेरकी पौडीबाज खेलाडीका रुपमा नयाँ कीर्तिमान कायम गरेकी सिंहलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित सदस्य तथा नेपाल पौडी सङ्घका अध्यक्ष अशोकरत्न बज्राचार्य लगायतको सहभागिता थियो । रासस