२७ कार्तिक २०८३, शुक्रबार

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डलाई गगन थापाले विशेष सन्देश सुनाउँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Gagan-thapa

काठमाडौं, १६ भदौ । आज साँझ बस्ने मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विशेष सन्देश सुनाउने भएका छन् ।

विहीबार वीर अस्पताल निरीक्षणका क्रममा अस्पतालमा अनशनरत गंगामाया अधिकारीलाई पनि भेटेका गगनले उनको गुनासो प्रधानमन्त्रीलाई सुनाउन लागेका हुन् ।

स्वास्थ्यमन्त्रीसँगको भेटमा गंगामायाले आफ्नो छोराको हत्यामा संलग्न छ जना रहेको र तिनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न माग गरेकी थिइन् । आफ्ना छोराका हत्यारालाई कारवाही गर्न माग राख्दै अनशनमा बसेकी गंगामायाले अनशनकै दौरान आफ्ना श्रीमान गुमाइसकेकी छन् ।

गंगामायासँगको भेटमा मन्त्री थापाले आज बस्ने मन्त्रिपरिषदको बैठकमा यो कुरा उठाउने प्रतिबद्धता जनाएका थिए । उनले ‘क्याविनेटको बैठकमा आज नै म प्रधानमन्त्रीकोमा यो कुरा पुर्याउँछु र फेरि पछि आउँछु’ भनेका थिए ।

मन्त्रिपरिषदको नियमित बैठक आज साँझ बस्दैछ । मन्त्री थापा पहिलोपटक क्याविनेट बैठकमा सहभागी हुँदैछन् ।