२७ कार्तिक २०८३, शुक्रबार

हिन्दूवादीमाथि हस्तक्षेप नगर्न प्रचण्ड सरकारलाई कमल थापाको चेतावनी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa-3-e1444311107819

काठमाडौं, १६ भदौ । राप्रपा नेपालका अध्यक्ष हिन्दूवादी युवा तथा आफ्ना पार्टीका नेता कार्यकर्तामाथि हस्तक्षेप नगर्न सरकारलाई आग्रह गरेका छन् ।

सिन्धुलीमा आयोजित कार्यकर्ता प्रशिक्षणमा बोल्दै थापाले बाँकेको नेपालगञ्जमा आफ्ना कार्यकर्ता र हिन्दूवादी युवामाथि भएको हस्तक्षेपको विरोध गरे । ‘सत्ताको शक्ति नदेखाउन म सरकारलाई आग्रह गर्दछु । लाखौं नेपाली जनताको आस्था हिन्दू धर्ममाथि प्रहार नगर्न म चेतावनी दिन्छु ।’

नेपालगन्जको धम्बोजी चोकमा स्थानीय जनताले लोकप्रिय राजा बिरेन्द्रको शालिक स्थापित गरेको कार्यमा कुनै किसिमको हस्तक्षेप नगर्न उनले प्रधानमन्त्री प्रचण्डलाई मञ्चबाटै आग्रह गरे ।

आज विहान नेपालगञ्जमा हिन्दूवादी युवाहरुले २०६२-०६३ को जनआन्दोलनमा भत्काइएको राजा वीरेन्द्रको शालिक पुन राखेका थिए । त्यसक्रममा प्रहरीले लाठिचार्ज गरेको थियो ।