काठमाडौं, १६ भदौ । राष्ट्रिय जनमोर्चाका सांसद तथा अध्यक्ष चित्रबहादुर केसीले हाम्रो आफ्नो संविधान संशोधन गर्ने कुरा छिमेकी शासकहरूलाई जानकारी पठाएको भन्दै आपत्ति जनाउनुभयो ।
संसदको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद केसीले विदेशी शासकहरूलाई आफ्नो संविधान संशोधानका विषयमा भन्ने कुरा राष्ट्रियता विरोधी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘छिमेकी शासकहरूलाई आन्तरिक विषयको जानकारी दिनु गलत हो । चित्त नबुझेको कुरा हामी आफैले मिलाउनु पर्छ ।’
भारतलाई संविधान संशोधन गर्न लागेको भनेर पठाएको पत्रका विषयमा प्रधानमन्त्री आफै संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गर्नुभयो । ‘भारतलाई पठाएको पत्रबारे प्रधानमन्त्री आफैले सदनलाई जानकारी दिनुपर्छ’, उहाँले भन्नुभयो ।











प्रतिक्रिया