२७ कार्तिक २०८३, शुक्रबार

‘प्रचण्ड सरकार पनि पहिलाका सरकारभन्दा फरक रहेन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramhari-khatiwodaकाठमाडौं, १६ भदौ । नेकपा (माओवादी केन्द्र)का सांसद रामनारायण विडारीले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको भन्दै नियन्त्रणका लागि माग गर्नुभएको छ ।

व्यवस्थापिका संसदको बिहीबारको बैठकमा शून्य समयमा बोल्दै सांसद विडारीले भ्रष्टाचार, कालोबजारी र अनियमितता नियन्त्रण हुन नसके बिगतका सरकारभन्दा यो सरकार फरक नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्रष्टाचार र कालोबजारी नरोक्ने हो भने अघिल्लो सरकारभन्दा यो सरकार पनि फरक हुने छैन ।’

सांसद विडारीले बजेट छुट्याइए पनि अहिलेसम्म बजेट कार्यान्वयनतिर नगएको भन्दै असन्तुष्टि जनाउनु भयो । उहाँले भन्नुभयो, ‘बजेट कार्यान्वयन गर्नेतिर सरकारले विशेष ध्यान देओस् ।’

कांग्रेसका सांसद रामहरि खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहाल संसदमा आउन छाडेको भन्दै आपत्ति प्रकट गर्नुभयो । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ज्यूलाई प्रधानमन्त्रीमा निर्वाचित भएपछि बधाइ दिएपछि अहिलेसम्म संसदमा देख्न पाइएको छैन’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री संसद चलेको बेला हप्तामा कम्तिमा दुई पटक उपस्थित भइ जवाफ दिँदा राम्रो हुन्छ ।’

कांग्रेसका सांसद बुद्धिराम भण्डारीले सडक विभागले वातावरण परीक्षणका नाममा धुलामे सडकहरूमा कालोपत्र नगरेर जनतालाई दुःख दिइरहेको बताउनुभयो । ‘वातावरणरीय परीक्षणका नाममा सडक विभागका कर्मचारी र ठेकेदारहरू मिलेर कालोपत्र नगरेर पैसा दुरुपयोग गरिरहेका छन्’, सांसद भण्डारीले भन्नुभयो, ‘धुले सडकलाई छिटोभन्दा छिटो पक्की बनाउन र बजेट खर्च गर्न सडक विभागलाई निर्देशन दिन सरोकारवाला निकायलाई आग्रह गर्छु ।’