– नरेश केसी
भैरहवा, १६ भदौ । रक्षामन्त्री बालकृष्ण खाँडले सेनाको संरचना अब संघिय संरचना अनुसार परिवर्तन हुने बताएका छन् ।
मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला रुपन्देही आएका उनले भने ‘नेपाली सेना जनताको भावनालाई आत्मसाथ गर्दै जसरी मुलुकको संरचना संघिय लोकतान्त्रीक ढांचामा गइरहेको छ त्यसरी नै हुन्छ ।’
खाँडले आफ्नो विगतलाई सम्झिदैं आफू नेविसंघ र तरुण दलको अध्यक्ष छदा कडा स्वभावको भएतापनि अहिले परिवर्तन भएको र सेनाको काम कर्तव्य र अधिकारलाई व्यवस्थीत गर्न कुनै अवरोध नगर्ने संकेत गरे । उनले नेपाली सेना नेपाल एकिकरणदेखी अहिलेसम्म राष्ट्रको सार्वभौमसत्ताको लागि अग्रभागमा रहेको तर्क गर्दै सेनाको खुलेर प्रशंसा समेत गरेका थिए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालको संयोजनमा सम्पन्न उक्त कार्यक्रममा मन्त्री खाणको स्वागतर्थ जिल्लाका सबै कार्यलयका प्रमुखहरु, सांसद अब्दुल रज्जाक लगायतको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया