३१ आश्विन २०८३, शनिबार

गोल्डेनपिकलाई डण्डीबियो उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

7काठमाडौं, १६ भदौ । काभ्रेको गोल्डेनपिक स्कुलले दोश्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको फाइनलमा गोल्डेनपिकले नाजरथ स्कुल, ललितपुरलाई १९४–१५३ ले पराजित ग-यो । गोल्डेनपिकको जितमा विपिन शिवभक्तीले सर्वाधिक ७० अंक योगदान गरे ।

तेश्रो स्थानका लागि भएको खेलमा सेन्टिनियल उमावि, काठमाडौंले दीपशिखा मावि, काभ्रेलाई १७२–१४० अंकले हरायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य उपेन्द्र पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा काठमाडौं, ललिपतुर र भक्तपुरबाट समान ३–३ तथा काभ्रेबाट २ गरी जम्मा ११ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।