१ कार्तिक २०८३, आइतबार

यी हुन् जनतालाई दुःख दिने हीरो डिएसपी, हेडक्वार्टरको कारबाही थाल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dsp binod sharmaकाठमाडौं, १६ भदौ । एक निर्दोष व्यक्तिलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा फसाएको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयले आफूलाई हीरो दावी गर्ने डिएसपी विनोद शर्मामाथि अनुसन्धान थालेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीको प्रमुखमा रहँदा डिएसपी शर्माले चितवन भण्डाराका थापा थरका एक व्यक्तिलाई कसैको उक्साहटमा लागेर मानव ओसार पसार मुद्दामा फसाएको उजुरी हेडक्वार्टरमा परेपछि शर्माविरुद्ध आन्तरिक छानविन भइरहेको प्रहरी प्रधान कार्यलय स्रोत बताउँछ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कसलाई मानव वेचविखन गरेको हो भन्ने बारेमा पटक–पटक बयान लिंदा पनि डिएसपी शर्माले महिलाको नाम बताउन नसकेपछि उनलाई कारबाहीको अन्तिम तयारी भइरहेको स्रोतले जनायो ।

व्यक्तिलाई फसाउने र विभिन्न गैरकानुनी धन्दामा मुछिएका कारण डिएसपी शर्मालाई हेडक्वार्टरले कतैको पनि इन्चार्ज नदिई जगेडामा राखेको छ ।

यसअघि मिलेमतोमा सुपारी तस्करी गरेको आरोपमा बारा जिल्लामा रहँदा डिएसपीमाथि कारबाही पनि भएको थियो । उनीसहित एसपी नरेन्द्र उप्रेतीलाई नसिहत दिइएको थियो ।

डिएसपी विनोद शर्मा र इन्सपेक्टर शशीकुमार ठाकुरमाथि याताविरुद्ध क्षतीपुर्ती मुद्दा नै दायर भएको छ ।

उनीहरुविरुद्ध जय माँ दुर्गा ट्रेडर्सका सञ्चालक बृजकिशोर साहले मुद्दा दायर गरेका थिए ‘यातना सम्बन्धी ऐन २०५३ को दफा ३, ५, ६ र ७ बमोजिम उनीहरुविरुद्ध मुद्दा दायर भएको हो । गत जेठ २३ देखि असार २ सम्म १२ दिन मलाई डिएसपीले आफ्नो कोठामा कुटेर यातना दिएको व्यवसायीले दाबी गरेका थिए ।

हेडक्वार्टरले इन्चार्ज नबनाएपछि डिएसपी शर्माले फेसबुक मार्फत असन्तुष्टि समेत पोखेका थिए । इटहरी र दोलखामा छँदा उनले आफूलाई हिरो प्रहरी दावी गर्दै आएका थिए ।