२७ कार्तिक २०८३, शुक्रबार

‘प्रचण्ड’को भारत भ्रमणलाई खबरदारी गर्न ‘विप्लव’ माओवादी सडकमा आउँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biplav-Maobadi-काठमाडौं, १५ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण र राष्ट्रियताका पक्षमा राजधानीमा विशाल जनसभा गर्ने निर्णय गरेको छ ।

राजधानीको छिमेकी जिल्लामा मंगलबार राति सम्पन्न केन्द्रीय समितिको बैठकले राष्ट्रियताको पक्षमा भदौ २५ गते जनप्रदर्शन सहित विशाल जनसभा गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

‘विप्लव’ माओवादीले भ्रष्टाचार, अनियमितता, कालोबजारी लगायतका विरुद्ध खबरदारी गर्न पनि प्रदर्शन गर्न लागेको हो ।

प्रचण्डले भदौको अन्तिम सातादेखि भारतको औपचारिक भ्रमण गर्नै लाग्न ‘विप्लव’ माओवादीले खबरदारी स्वरुप राजधानीमा विशाल जनसभा गर्न लागेको छ ।

‘प्रचण्ड’ले भारत भ्रमणका बेला कुनै पनि राष्ट्रघाति सन्धि सम्झौता गर्न सक्ने आशंका ‘विप्लव’ माओवादीको छ । प्रमुख विपक्षी दल एमालेले पनि ‘प्रचण्ड’को भारत भ्रमणलाई लिएर विभिन्न आशंका गरिरहेको छ ।