काठमाडौं, १५ भदौ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलको बैठक बसिरहेको छ ।
स्थानीय तहको पुनर्संरचनामा क्षेत्र निर्धारण साझा धारणा बनाउने प्रयास स्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकमा कांग्रेसबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधी र एमालेबाट कार्यबाहक अध्यक्ष बामदेव गौतम र विष्णु पौडेल लगायतका नेताहरु सहभागी छन् ।
बैठकमा प्रधानमन्त्रीले स्थानीय तह निर्धारण आयोगलाई स्थानीय तहको क्षेत्र निर्धारण गर्न १५ दिन समय थपिएकोमा आजदेखि उक्त समय सकिने भएकाले प्रमुख दललाई साझा धारणा बनाउन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा यसै विषयमा छलफल भइरहेको छ ।
यसअघि प्रधानमन्त्रीले मंगलबार बोलाएको बैठकमा भीम रावल र विमलेन्द्र निधीबीच बाझाबाझ भएपछि विना निष्कर्ष टुंगिएको थियो ।
















प्रतिक्रिया