१ कार्तिक २०८३, आइतबार

देश र जनतालाई सम्बोधन गर्दै सेनाका क्याप्टेन ‘सैलेश’ले गाए मार्मिक गीत

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

song armyकाठमाडौं । नेपाली सेनाका ‘क्याप्टेन’ सैलेशले आफ्नो देश, जनता र दिनरात नेपाली जनताको लागि खटिएका नेपाली सेनालाई सम्बोधन गर्दै ‘देश रोएको बेला’ बोलको गीत सार्वजनिक गरेका छन ।

द Nmm14 ब्याण्डमा पनि सदस्य रहेका उनि यसै ब्याण्डलाई लिएर यस गीतमा प्रस्तुत भएका छन ।

यस गीतमा सुयेश सिंहले लिड गितारमा साथ दिएका छन भने बेस र रिदम गितारमा राजकुमार डंगोल र भुपेन्द्र रावलले साथ दिएका छन । यस देश बोलको गीतलाई फोनिक्स स्टुडियोका संजिप राईले रेकर्ड गरेका हुन भने प्रबिन श्रेष्ठले सम्पादन गरेका हुन ।

सुमितको छायाँङकन रहेको यस गीतलाई रायन कार्कीले निर्देशन गरेका हुन। निर्देशक कार्कीले यस संगै १०० भन्दा बढी मयूजिक भिडियो निर्देशन गरिसकेका छन ।

गायक शैलेशले उनलाई यो गीत गर्नमा साथ दिने सबैलाई धन्यवाद पनि दिएका छन भने देश र जनताको लागि सधै अघिनै रहने प्रतिबद्दता पनि ब्यक्त गरेका छन ।

हेर्नुस् भिडियो:

https://www.youtube.com/watch?v=7g7UTNKSQ1Y