२७ कार्तिक २०८३, शुक्रबार

निर्वाचनका लागि दलहरूवीच सहमति अनिवार्य छ : कांग्रेस नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman Singhकाठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय निकायको पुनर्संरचना तत्काल टुंगोलगाएर निर्वाचनको वातावरण बनाउनु पर्ने बताउनुभएको छ ।

कांग्रेस काठमाडौं जिल्ला क्षेत्र नं ३ ले बुधबार बिहान आयोजना गरेको कायक्रममा नेता सिंहले तीन तहको निर्वाचनको वातावरण बनाउनु पर्ने भएकाले दलहरूवीच सहमति कायम गर्नु अनिर्वाय रहेको बताउनुभयो ।

‘निर्वाचनमा लाग्नुपर्ने भएको छ’, उहाँले भन्नुभयो, ‘दलहरूबीचमा समझदारी कायम गरेर अघि बढ्नुपर्ने मुलुकको आवस्यकता हो ।’

उहाँले दलहरूले आफूलाई जिम्मेवार रुपमा प्रस्तुत गर्ने बेला आएको समेत उल्लेख गर्नुभएको छ । उहाँले प्रमुख विपक्षी दल एमालेलाई पनि विश्वासमा ल्याउनु पर्ने बताउनु भएको छ । ‘एमालेलाई पनि विश्वासमा ल्याउनु पर्ने दायित्व छ’, नेता सिंहले भन्नुभयो ।