नायिका एवं नयाँ शक्ति नेपालकी नेतृ करिष्मा मानन्धरले मन्त्री बन्ने इच्छा राखेकी छन् । हाम्रो कथा डटकमसँगको अन्तर्वार्तामा उनले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिमा सक्रिय भएकी करिश्माले मन्त्री बनेर जनताले महसुस गर्ने काम देखाउने ईच्छा रहेको बताइन् । उनले भनिन्– ‘राजनीति मेरो लागि सेवा हो । एकदिन मन्त्री बनेर काम देखाउने इच्छा छ ।’ उनले मन्त्री बन्ने इच्छा राखेसँगै बजारमा करिश्माको थप चर्चा सुरु भएको छ ।
नयाँ शक्ति नेपालको घोषणा सभामा गरेको उद्घोषणलाई लिएर धेरै टिकाटिप्पणी र अँग्रेजी राम्ररी वोल्न नसकेको, प्रोटोकल नमिलाएको भनेर उनको व्यापक आलोचना भयो । तर, उनी स्वयं भने यसलाई सकरात्मक रुपमा लिएको वताँउछिन् ।
हेर्नुस् भिडियो अन्तर्वार्ताः
भिडियो सौजन्यः हाम्रो कथा डटकम ।













प्रतिक्रिया