३१ आश्विन २०८३, शनिबार

दैलखमा पहिलो पटक म्याराथुन दौड प्रतियोगिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

marathun-dailekh

– कमल शर्मा

दैलेख, १४ भदौ । जिल्लामा पहिलो पटक म्याराथुन दौड प्रतियोगिता सम्पन्न गरिएको छ ।

एभरेष्ट क्लव दैलेखले आफ्नो २३ औँ बार्षिक उत्सवको अवसरमा मिनि म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको हो । पहिलो पटक आयोजना गरिएको प्रथम मैत्रिपुर्ण म्याराथुन दौेड प्रतियोगिताको पुरुष तर्फ नेपाल आर्मीका भ्ुतपुर्ब सैनिक सञ्जु गाहा मगर महिला तर्फ प्रतिमा खड्काले म्याराथुनको उपाधि हात पारेका छन ।

सोमवार नारायण नगरपालिका ८ तर्ताङबाट नारायण नगरपालीका ३ को बेलासपुर मन्दिरको गेट सम्म ३ किलोमिटरमा म्याराथुन दौड प्रतियोगिता गरिएको थियो । पुरुषतर्फ सञ्जु गाहा मगर निर्धारीतदुुरी ८ मिनेट ३१ सेकेन्डमा पुरा गरेका थिए । त्यस्तै महिला तर्फ प्रतिमा खड्काले ११ मिनेट २ सेकेन्डमा निर्धारीत दुरीपार गर्नुभएको छ । जम्मा ४९ जना प्रतियोगिले भाग लिएका थिए ।

त्यस्तै पुरुषतर्फ समशुर गुल्म दैलेखका हेम गुरुङ १० मिनेट ४८ सेकेन्डमा दुरी पारगर्दै दोस्रो भएका छन । तेस्रो नारायण नगरपालीका १ का नबिन श्रेष्ठले ११ मिनेट ५ सेकेन्ड तेस्रो भएका छन ।महिला तर्फ ११ मिनेट ५६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै प्रथम, प्रतिमा खड्का, १६ मिनेट ५८ सेकेन्डमा निर्धारीत दुरीपुरा गर्दै दोस्रा देबिका रानामगर दोस्रो १८ मिनेट ५६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै भावना केसी तेस्रो स्थान हासिल गरेकी छिन ।

प्रतियोगितामा बिजय भएका प्रथम, द्धितिय र तृतियलाई ३ हजार एक, २ हजार एक र १ हजार १ नगद पुरस्कार सहित प्रदान गरिने एभरेष्ट क्लव दैलेखका अधयक्ष दिपक कुमार शाहीले बताए । एभरेष्ट क्लव दैलेखले आफ्नो २३ औँ बार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता पनि सम्पन्न भएको छ ।

प्रतियोगीतामा भेट्रान समुहको प्रथममा स्थानीय बिकास अधिकारी हरि प्याकुरेल, ललित मलल प्रथम भएको छन । दोस्रो टेक बहादुर खड्का, ओम प्रसाद गौतम, तेस्रो दिपक शाही, तिर्थनारायण श्रेष्ठ, निरक बहादुर तारामी राम बहादुर बुढा भएका छन । त्यस्तै खुल्ला तर्फ कृष्ण चालीसे, बिनोद मल्लको टिम प्रथम भएको छ ।

दोस्रो हरि बहादुर थापा शक्ति बुढा तेस्रो नेत्र बुढा, पदमराज थापा, चक्र सारु बिशाल सुनारको टिम भएको छ ।