२७ कार्तिक २०८३, शुक्रबार

‘एमालेकै सहमतिमा सरकारले निर्वाचन गर्ने’

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shankar_Bhandari_Congressचितवन, १४ भदौ । वन तथा भू्संरक्षणमन्त्री शङ्कर भण्डारीले वन अतिक्रमण कुन कुन क्षेत्रमा कति भएको छ भन्ने तथ्याङ्क लिन एक साताभित्र कार्यदल बन्ने जानकारी दिनुभएको छ ।

नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले ऐन नियमको कार्यान्वयन गर्दै वन र वन्यजन्तु संरक्षणमा सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्ययोजना निर्माण गरी प्रक्रियागत रुपमा मन्त्रालयले काम गर्ने बताउँदै उहाँले वन क्षेत्रमा दीर्घकालीन रुपमा फाइदा पुग्ने गरी केही महत्वपूर्ण काम गर्नका लागि आफूले गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

देशको कुल भूभागको ४४ प्रतिशत वनले ओगटेकाले दीर्घकालीन नकारात्मक असर पर्ने गरी मन्त्रालयले कुनै काम नगर्ने जनाउँदै उहाँले विगतका मन्त्रीबाट थालिएका महत्वपूर्ण कामले निरन्तरता पाउने बताउनुभयो ।

अर्काे एक प्रसङ्गमा उहाँले संविधान कार्यान्वयनका लागि समयमा निर्वाचन गर्नुपर्ने बताउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सहितका दललाई समेटेर सबैको राय अनुरुप निर्वाचन गरिने स्पष्ट गर्नुभयो । रासस