२७ कार्तिक २०८३, शुक्रबार

मोर्चाको दबाबपछि मुद्दा फिर्ताबारे गृहमन्त्री निधिले अधिवक्ताहरूसँग परामर्श गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimlendra-Nidhi_281256586काठमाडौं, १४ भदौ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले मधेस आन्दोलनका बेला मुद्दा लागेकाहरूका मुद्दा फिर्ताका विषयमा कसरी अगाडि बढ्न सकिन्छ भनेर कानुन व्यवसायीहरूसँग परामर्श गर्न थाल्नुभएको छ ।

मधेसी मोर्चाले आन्दोलनका क्रममा पक्राउ परेकाको रिहाइ र मुद्दा फिर्ताका लागि कडा दबाब दिएपछि निधिले अधिवक्ताहरूसँग परामर्श गर्न थाल्नु भएको हो ।

कतिपय नेता तथा कार्यकर्तालाई गम्भीर प्रकृतिको आरोपमा प्रहरी प्रशासनले अदालतमा मुद्दा चलाइ रहेको छ । निधिले आज अपरान्ह गृह मन्त्रालयमा छलफलको कार्यक्रम राख्नु भएको स्रोतको भनाइ छ ।

अदालतमा पुगेका मुद्दाहरूका विषयमा के गर्ने भन्ने विषयमा गृहमन्त्री निधि अन्यौलमा हुनुहुन्छ । सरकार गठनका बेला मधेसी मोर्चाका सबै माग पूरा गर्ने आश्वासन सहित भएको तीन बुँदे सहमतिमा मुद्दा फिर्ता र पक्राउ परेकाहरूको रिहाइ उल्लेख छ ।

गृहमन्त्री निधिले अधिवक्ता दीपेन्द्र झा, सुरेन्द्र महतो, भरत दाहाल, सुनिल रञ्जन सिंहलगायत दजर्न कानुन व्यवसायीहरूलाई बोलाउनुभएको स्रोतको भनाइ छ ।