दाङ, १४ भदौ । दाङको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा बच्चा र सुत्केरीको मृत्यु भएपछि दिनभरि तनाव भएको छ ।
प्रसुतिका लागि अस्पताल ल्याउँदा चिकित्सकहरूको लापरबाहीले बच्चा र महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।
हेकुली गाविस वडा नं. २ पदमपुर निवासी २६ वर्षीया विमला न्यौपाने र उहाँको गर्भको बच्चाको मृत्यु भएपछि आफन्तले अस्पतालले उपचारमा लापरवाही गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गरेका हुन् ।
राप्ती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.भोलाराम श्रेष्ठले गर्भभित्र रेको पानी रक्त सञ्चार प्रणालीमा गएपछि विमला न्यौपानेको मृत्यु भएको दाबी गरेका छन् ।
उनले भने, ‘यस्तो घटना दुर्लभ हुने भएकोले बिरामीलाई बचाउन असम्भव प्रायः हुन्छ ।’ डा.श्रेष्ठले विमला श्रेष्ठको मृत्युको कारण आफूहरू नभएको भन्दै जिम्मेवारीबाट भाग्न खोजेको आरोप पीडित पक्षको छ ।
विमला न्यौपानेका आफन्तहरूले दोषी चिकित्सकहरूलाई कारबाही र अस्पतालभित्रको व्यवस्थापन सुधारको माग पनि राखेको छ ।
विमला न्यौपानेको मृत्यु भएपछि पीडित पक्षले क्षतिपूर्तिको लागि अस्पतालमा निवेदन दिएका छन् । मेडिकल सुपरिटेन्डेन्ट डा. श्रेष्ठका अनुसार उनीहरूले सोमबार साँझ शव बुझिसकेका छन् ।











प्रतिक्रिया