मकाउ । मकाउमा विभिन्न पेशा तथा व्यवसायमा कार्यरत सुदूरपश्चिमका नेपाली संगठित भएका छन् ।
शनिबार भएको सुदूरपश्चिमेलीहरुको भेलाले पदमसिंह पन्तको अध्यक्षतामा १५ सदस्यीय सुदूरपश्चिमेली सेवा समाजको कार्यसमिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा देवी चन्द ,कोषाध्यक्षमा प्रकाश चन्द ,सह–कोषाध्यक्षमा केशव विस्ट, सचिवमा मोहनसिंह पन्त र सह–सचिवमा दिनेश ऐर चुनिएका छन् ।
सदस्यमा डम्बर गिरी, हिक्मत चन्द, राजन बदेल, राजेन्द्रसिंह धामी निमबहादुर रेउले छन् । मकाउमा रहेका सुदूरपश्चिमबासीका साथै त्यहाँस्थित नेपालीको हकहित तथा सुदूरपश्चिमेली कला संस्कृतिलाई मकाउमा चिनाउने तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफूहरु संगठित भएको अध्यक्ष पन्तले बताए ।
‘आफ्नो मौलिक संस्कृतिमार्फत मकाउमा रहेका सुदूरपश्चिमेली र नेपालीको हितमा हामी काम गर्छौं’, पन्तले भने, ‘दुःखमा परेका जो कोही नेपालीको साथमा हामी रहने छौं ।’
मकाउमा झण्डै पाँच हजार नेपाली कार्यरत रहेकामा सुदूरपश्चिमका करिब डेढ सय छन् ।
क्यासिनो हबका रुपमा स्थापित मकाउमा नेपालीहरु सुरक्षागार्डका साथै होटल र रेस्टुरेन्टहरुमा कुक तथा वेटरको काम गर्छन् ।















प्रतिक्रिया