३० आश्विन २०८३, शुक्रबार

प्याच्च नबोल्न सभामुखलाई सरस्वती सुब्बाको सुझाव

54.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Swarasoti-Onsari

ओनसरी घर्ती थ्याच्च सभामुखको सिटमा थ्याच्च बस्नुभा छ तर बोल्दा चाहीँ प्याच्च नबोले हुने । राज्यका सबै पदमा जातीय जनसंख्याको आधारमा नियुक्त हुनुपर्छ भन्नुभएछ । त्यसो हो भने तपाईं मगर मात्र सभामुख किन हुने ? सबैजातको डेढसय जनाजति सभामुख बनाउनुपर्ने हुन्छ ।

समावेशीकरण अत्यन्तै जायज छ तर जनसंख्याको आधारमा समानुपातिक घातक छ । जहाँ पनि जनसंख्याको आधारमा समानुपातिक खोजेर हुन्छ ? त्यसो भए मगरभित्र पनि विभिन्न उपजात छन् । उनीहरुले पनि माग्छन् । अनि के गर्ने सभामुखज्यू ?

नेपाललाई जातीय द्धन्द्धमा फसाउन विदेशीले डिजाइन गरेका हुन् भन्ने प्रष्ट भइसकेको छ । समस्या नभएको होइन छ तर ती समस्यालाई हजारगुणा बढाईचढाई गरेर असम्भव र देशले धान्नै नसक्ने जातीय माग राख्ने फेसन चलेको छ । यो फेसन चल्नुमा विदेशी लगानी छ भन्ने प्रष्ट भइसकेको छ । हामीले अझै नचेत्ने ? नेपाललाई सिरियाजस्तो रणभूमि बनाउने विदेशी एजेण्डा बोकेर किन हिँड्ने ?

लाखौं नेपाली सुकुम्वासी छन्, भूमिहिन छन्, हरुवाचरुवा र हलिया छन् । तिनको जात नै गरिबी हो । उनीहरुको गरिबी निवारणका लागि खर्च गरौं । जातीय राजनीतिमा लगानी गर्ने विदेशीहरुले ती सुकुम्वासी तथा भूमिहिनका लागि लगानी गरुन् । तिनको लगानी पारदर्शी होस्, गोरखामा भूकम्प पीडितलाई घर बनाउने नाममा आँखामा छारो हालजस्तो नहोस् भन्नेतिर हाम्रो ध्यान जानुपर्ने हो ।

तर, हामी जातीय राजनीतिमा फस्दै र फसाइदै गएका छौं । बस दुर्घटनामा मानिस मरयो भने यतिजना यो जातको र उतिजना उ जातको भन्ने स्तरमा हामीलाई गिराइदै लगेको छ । यसमा सबै सचेत बनौं, विदेशी एजेण्डाको गुलियो सुनेर अचेत नबनौं ।

(यो विचार सामाजिक अभियन्ता सुब्बाको फेसबुकबाट साभार गरिएको हो ।)