१ कार्तिक २०८३, आइतबार

सबैले सहयोग गरी जिताउनुहोस्: एन्जीसा

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Angisa-gywaliकाठमाडौं । द फेसन प्लस को आयोजनामा काठमाडौमा संचालन भइरहेको मिस टिन १०१६ मा आफूलाइ देश बिदेशमा रहनुहुने सबैले सहयोग गरी मिस टिन बनाउनका लागी एन्जीसा ज्ञवालीले सबैमा अनुरोध गरेकी छिन ।

बुबा धुर्बराज ज्ञवाली र आमा तारा ज्ञवालीको कोखबाट नया बानेश्वरमा मध्यमबर्गीय परिवारमा जन्मिएकी एन्जीसा ज्ञवालीको पढाइले कान्तीपुर डेन्टल हस्पीटलमा डेन्टल क्षेत्रमा पढछिन, १८ बर्षकी एन्जीसा डेन्टीस बन्ने अलावा उनी मोडलिड साहीत्य, तथा अन्य अतिरिक्त क्रियाकलापमा पनी उनी अब्बल नै देखिन्छिन उनको रुची पनी त्यस्तै नै रहेको छ ।

भबिश्यमा उनी एक सफल मोडल बन्ने उद्देश्यका साथ अथक मेहनतमा जुटेकी ज्ञवाली उमेरले सानै भनेपनी उनको त्यो सोच र उद्देश्य ठूलै रहेको छ । उनी भबिश्यमा फिल्म क्षेत्रमा जाने र राम्रो खालको कलाकार बन्ने उद्देश्य रहेको छ । फिल्म क्षेत्रमा पछिल्लो समयका समाजले नै तिरस्कृत गर्ने खालका गतीबिधीहरु बढेका छन ।

ति गतिविधीहरुलाई निरुत्साहित गरी सकारात्मक सोच र कामका साथ समाजमा पाच्य हुने काम, र समाजमा सुहाउने खालको काम गर्ने, समाजबाट अस्वीकृत कामहरु मा जोड नदीने उनको सोच छ । उनी २ हजार जना प्रतिस्पर्धीलाइ उछिन्दै ६० जनामा छानिएकी छन् ।

उनी भन्छीन देश बिदेशमा रहेका सम्पुर्ण आफन्त, साथीभाइ तथा परीवार बाट ठुलो साथ र सहयोग मिलेकोछ उनले अझै पनी निरन्तर सबैले भोट गरी आफुलाइ जिताउनका लागी अनुरोध गरेकी छन । आफु सबै अडिसन हरुमा राम्रो गर्दे आएको अरु भन्दा उत्कृष्ट गरेकोले मिस टिन बन्नेमा बिश्वस्थ छिन एन्जीसा ।

अहिले ६० जना छानिएका छन, अब १५ जना ५ जना ३ जना हुँदै मिस टिन एकजना, फस्ट रनर अप र सेकेन रनर अप बन्ने छन । उनलाइ भोट गर्नका लागी २ वटा माध्यम रहेका छन, फेसबुकमा गई MISS TEEN को पेजमा एन्जीसा ज्ञवालीको फोटोमा लाइक गर्नुपर्ने छ । र मोबाइलबाट भोट गर्नका लागी मोबाइलको म्यासेज बक्समा गइ miss teen टाइप गरी एक स्पेस छोडी ४३ टाइप गरी ३३००१ मा पठाउन सकिनेछ । कार्यक्रमकोे फाइनल यहि भदौ १६ गते त्रिभुवन आर्मी क्लबमा हुनेछ ।