२७ कार्तिक २०८३, शुक्रबार

प्रचण्डलाई सुजाताको प्रश्न: मन्त्रिपरिषदमा महिलालाई ३३ प्रतिशत अधिकार खोई ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sujata-koirala

विराटनगर, १२ भदौ । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मन्त्रिपरिषद र मन्त्रिमण्डलमा महिलामन्त्रीको संख्या कम भएको भन्दै आपत्ति जनाएकी छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मन्त्रिपरिषदमा महिलालाई ३३ प्रतिशत अधिकार खोई भन्दै प्रश्न गरिन् ।

उनले मन्त्रिमण्डलमा महिलामन्त्रीको संख्या निकै कम भएको भन्दै राज्यमन्त्री र सहायकमन्त्रीमा मधेसी र दलित महिलालाई बढी प्राथमिकता दिन माग गरिन् ।

फरक प्रसंगमा बोल्दै सुजाताले मुलुकको राजनीतिक विवादलाई अन्त्य गरी विकास निर्माणतर्फ अग्रसर हुनुपर्ने बताइन् । संविधान कार्यान्वयनका साथै स्थानीय निकायको निर्वाचनतर्फ सबै दल केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन् ।