
काठमाडौं, १२ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले समय माग गर्दै समसामयिक विषयमा छलफल गर्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले भारतले सिमानामा अतिक्रमण गरेको र सीमास्तम्भ नेपाल तर्फ सारेको भएपनि सरकारले बेवास्ता गरेको आरोप लगाइन् । भारतले नेपाल र नेपालीमाथि अत्याचार गर्दा सरकार के हेरेर बसेको छ भन्दै प्रश्न गरिन् ।
भारतीय प्रहरीले सुस्ताका निर्दाेष १९ नेपालीविरुद्ध भारतीय अदालतमा मुद्दा दर्ता गराएको भन्दै कुटनीतिक पहल गरी भारतीय हस्तक्षेप रोक्न उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग माग गरिन् ।
उनले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) सरकारले आफ्नै लगानीमा निर्माण गर्ने तय भएको, तर पुनः भारतीय कम्पनीलाई दिन हुनथालेको तयारीप्रति आपत्ति जनाइन् ।











प्रतिक्रिया