१ कार्तिक २०८३, आइतबार

नेताले गरे हिरोइनको बलात्कार, प्रहरी हैरान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rap-heroine
फाइल तस्वीर

मुम्बई । भारतको मुम्बईमा सत्तारुढ दलका नेताले एक मोडल तथा हिरोइनको बलात्कार गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी वीजेपी सम्बन्ध एक क्षेत्रीय नेताले २५ वर्षीय हिरोइनको बलात्कार गरेको भारतीय मिडियाले जनाएका छन् । नेताको नाम खुलाइएको छैन् ।

घटनाको कुरार प्रहरीले अनुसन्धान गरिरहेको छ । अभियुक्त नेताले हिरोइनलाई केही म्युजिक भिडियोमा काम दिएर आफूलाई अविवाहित भन्दै विहे गर्ने भनेर मुम्बई र गोवा लगेर पटक पटक शारीरिक सम्बन्ध राखेको र जब उनी गर्भवती भइन् त्यसपछि विहे गर्न नमानेर गर्भपतन गराएपछि यो घटना बाहिर आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

नेताले धोका दिएपछि प्रहरीको शरणमा पुगेकी हिरोइनले ‘डीजे वाले बाबू मेरा गाना बजा दो’ र ‘तू मेरा हिरो’ टिभी शो सहित कैयौ भोजपुरी फिल्म र टिभी सिरियलमा काम गरेकी छन् । अभियुक्त नेता मुम्बई ठूला व्यापारी समेत भएको र विवाहित उनका दुई छोरा रहेको अनुसन्धानमा खुलेको छ ।

मुम्बई जोन–१२ का प्रहरी डीसीपी रामकुमारले पीडितको उजुरीका आधारमा आरोपी नेताविरुद्ध जबरजस्तीकरणी ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको बताए । अनुसन्धानपछि नेतालाई हिरासतमा लिइने उनले बताए ।