लस एञ्जलस । अभिनेत्री लिंडसे लोहानले रशियन टिभीका लागि इगोर ताराबासोवसँग आफ्नो रोमान्सका बारेमा भएको साक्षात्कारको बदला पाँच लाख पाउण्ड र रूसी राष्ट्रपति ब्लादिमिर पुतिनसँग भेटघाटको माग गरेकी छिन् ।
टीएमजेड पत्रिकामा प्रकाशित समाचार अनुसार ३० वर्षीया अभिनेत्री रुसको लोकप्रिय टक शो ‘पुस्त गोवोरयात’मा अथितिका रुपमा बोलाइएको थियो । यो कार्यक्रम रूसको सरकारी च्यान १ मा प्रसारित गरिन्छ । अभिनेत्रीले आफ्नो माग पूरा भएपछि मात्रै शोमा सहभागी हुने बताएकी छिन् ।
लोहानले एक निजी जेट विमान, सुरक्षा, रूसको एक सालको भिसा, पाँच लाख ब्रिटिश पौण्ड, जेट विमानमा केशसज्जा, मेकअप आर्टिस्ट, रिट्ज कार्लटन सुइट र पुतिनसँगको भेटघाट चाहेकी छिन् ।
पत्रिकाको समाचार अनुसार आश्चर्यजनक रूपमा उनका केही माग मानिएको छ । अरु मागका विषयमा दुबै पक्षवीच वार्ता चलिरहेको जनाइएको छ ।
साक्षात्कारमा लोहान र रूसका द्द२२ वर्षीया ताराबासोवसँग उनको रोमान्समा आधारित हुनेछ । लोहानले लडाइँ झगडापछि आफ्नो विवाहको तोडिदिएकी थिइन् । – एजेन्सी















प्रतिक्रिया