१ कार्तिक २०८३, शनिबार

अमेरिकाको न्यूजर्जीमा एनआरएन क्षेत्रीय सम्मेलन शुरू, न्यून उपस्थिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRNन्यूजर्जी । गैरआवासीय नेपाली संघको नवौ क्षेत्रीय सम्मेलन अमेरिकाको न्यजर्जीमा विधिवत् सुरू भएको छ । सम्मेलनको प्रमुख अतिथि सुवास नेम्बाङले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरेपछि सम्मेलनको उद्घाटन सत्र सुरू भएको हो ।

उद्घाटन सत्रमा प्रमुख अतिथि नेम्बाङसहित आमन्त्रित पाहुनाहरूले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन शत्रमा अपेक्षित सहभागिता जुट्न भने नसकेको सहभागीहरूले टिप्पणी गरेका छन् ।

७४ मुलुकमा एनआरएन पुगिसके पनि सहभागिता भने ३५ राष्ट्रबाट मात्र भएको बताइएको छ ।

साधारण सदस्यको संख्याको आधारमा सबैभन्दा ठूलो एनआरएन राष्ट्रिय संयोजन समिति रहेको संयुक्त राज्य अमेरिकाबाट पनि सहभागिता पातलै भएको बताइएको छ ।

सम्मेलन अमेरिकाको मिनी नेपाल मानिने न्युयोर्क राज्यसँगै जोडिएको न्युजर्जी राज्यमा आयोजना गरिएको छ ।

गार्डेन स्टेटको उपमा पाएको न्युजर्जीको नेवार्कस्थित हिल्टन डबल ट्री होटलमा सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलन अगष्ट २७ र २८ मा दुई दिन चल्नेछ । दुर्इ दिने सम्मेलनको मूल नारा एनआरएन सन् २०२० र त्यसपछिको दूरदृष्ट्रि राखिएको छ ।

यही विषयमा सुजीव शाक्यले तयार गरेको भिजनमाथि सम्मेलनमा वहस हुने बताइएको छ ।

सन् २००३ मा कतारको दोहामा पहिलो क्षेत्रीय सम्मेलन आयोजना गरेर क्षेत्रीय सम्मेलनको परम्परा सुरू गरेको एनआरएनमा हरेक दुइ वर्षमा विभिन्न क्षेत्रमा क्षेत्रीय सम्मेलन आयोजना हुँदै आएको छ ।