२७ कार्तिक २०८३, शुक्रबार

संविधान कार्यान्वयन नभए मुलुक असफलः नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakashman-Singh

काठमाडौं, ११ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान कार्यान्वयन नभए मुलुक असफल हुने चेतावनी दिएका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले संविधान कार्यान्वयन गराउन नसके मुलुक असफल हुने भएकाले परिबर्तनका लागि एक ठाउँमा उभिएका दलहरु अब संविधान कार्यान्वयनका लागि पनि उतिकै जिम्मेवारी पूर्वक लाग्नुपर्ने बताए ।

प्रमुख दलहरु मिल्न नसके प्राप्त सबै उपलब्धि घुम्न सक्ने भएकाले जिम्मेवार भएर प्रस्तुत हुन समेत अपिल गरे । मुलुकलमा धेरै परिबर्तन भएपनि दलहरुबीचको मतभिन्नताका कारण जनताले चाहेअनुरुप परिबर्तनको अनुभूति गर्न नसकेकोप्रति चिन्ता ब्यक्त गर्दै फेरि एक पटक नेपाली जनताले राजनीतिक दलहरु मिलेर संविधान कार्यान्वयनमार्फत राजनीतिक स्थिरता र सम्बृद्धितर्फ मुलुक अघि बढेको हेर्न चाहेकाले जनभावनाको सम्मान गर्न अब दलहरु मिलेर अघि बढ्नु पर्नेमा जोड दिए ।

राजनीतिक अस्तिरताका कारण जनतामा निराशा छाएको र जनजीवन सहज हुन नसकेकोतर्फ सचेत भएर दलहरु अघि बढ्न सकेमात्र मुलुकमा राजनीति स्थायीत्व प्राप्त हुने भएकाले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाई छ ।