२७ कार्तिक २०८३, शुक्रबार

स्थानीय निकायको चुनाव नगर्ने प्रचण्ड सरकारको षड्यन्त्रः महासचिव पोखरेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-pokhrel-office-final-fialकाठमाडौं, ११ भदौ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राजनीतिक संवैधानिक संकट निम्त्याउन वर्तमान सरकारले विभिन्न तानावुना बुनिरहेको आरोप लगाएका छन् ।

एमाले निकट नेपाल लोकतान्त्रिक तामाङ संघको १२औँ स्थापना दिवसको अवसरमा आयोजित ‘संविधान कार्यान्वयनको चुनौती र हाम्रो कार्यभार’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले वर्तमान सरकारको कार्यशैलीले गर्दा राजनीतिक संवैधानिक संकट निम्त्याउने खतरा बढेको बताए ।

उनले अघिल्लो सरकारले ल्याएको तीन तहको चुनावी कार्ययोजना वर्तमान सरकारले लत्याएको भन्दै स्थानीय निकायको चुनाव नगर्ने षड्यन्त्र भइरहेको बताए ।

महासचिव पाखरेलले देश र जनताको माया गर्ने एमाले पार्टी मात्र भएको बताए ।