काठमाडौं, ११ भदौ । मदन भण्डारी बुद्धिचाल कप २०७३ विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा सुप्रिम स्कुलका पारस लामा अपराजित रहि ६ अंकका साथ प्रथम स्थानमा आएका छन् ।
यसै गरि ५.५ अंकका साथ त्रिरत्न आवासियका अमृत रोकाया दोस्रो स्थानमा रहेका छन् । ५ अंक ल्यायी स्वस्तिक चन्द्र श्रेष्ठ, महेन्द्र गिरी, मनिष गुरुङ्ग, रिकेश खड्गी, शिशिर कार्की, श्याम यादव र दिपेश लामा संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन् ।
डल्लु आवास स्थित सामुदायिक भवनमा चलिरहेको यस प्रतियोगिताको महिला तर्फ सुप्रिम स्कुलकै अस्मिता पुलामी मगर र स्वर्णिम स्कुलका स्मृति पन्त ४ अंकका साथ संयुक्त रुपमा पहिलो स्थानमा छन् ।
यसै गरि ३.५ अंक लिएर स्वर्णिमकै शवनम राजभण्डारी र न्यू अरुनोदयका विणा थपलिया संयुक्त रुपमा दोस्रो स्थानमा रहेका छन् भने ३ अंकका साथ मैत्री शिशुका विदुषी रत्न श्रेष्ठ तेसो स्थानमा छन् ।
मदन भण्डारी अध्ययनकेन्द्र, का.म.पा. १५ वडा कमिटीव्दारा आयोजित यस प्रतियोगिताको समापन शनिवार हुँदैछ ।















प्रतिक्रिया