२७ कार्तिक २०८३, शुक्रबार

‘प्रचण्ड’लाई सरकार चलाउन यसरी आयो योगेश भट्टराईको सटिक सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-Bhattarai-Umlकाठमाडौं, ११ भदौ । नेकपा (एमाले)का सचिव तथा युवा नेता योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कर्मचारीहरूलाई मात्रै निर्देशन दिएकोप्रति व्याङ्ग्य गर्दै संस्कार बदल्न सुझाव दिनुभएको छ ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेर सचिव भट्टराईले प्रधानमन्त्री दाहाललाई निर्देशन मात्रै दिएर मुलुकमा विकास नहुने बताउनुभएको हो ।

उहाँले त्यसका लागि आफूबाट संस्कार बदल्नुपर्ने उल्लेख गर्नुभएको हो । सचिव भट्टराईले निर्देशनले मात्रै मुलुक नचल्ने संकेत गर्दै व्यवहारमा काम गर्नुपर्ने बताउनुभएको छ ।

‘आजसम्म निर्देशन दिन नसक्ने पी.एम. भएर होइनकी निर्देशनको चाङ्मा निदाउने पी.एम. भएर समस्या भएको हो पी.एम. पुष्पकमल दाहाल ज्यू’, युवा नेता भट्टराईले भन्नुभएको छ, ‘संकार बादल्नु होस ।’

प्रधानमन्त्री दाहालले दिनदिनै कर्मचारीहरूलाई बोलाएर निर्देशन मात्रै दिएका समाचार आइरहेका बेला एमाले सचिव भट्टराईले काम गर्ने शैलीमा परिवर्तनको सुझाव दिनुभएको हो ।