२७ कार्तिक २०८३, शुक्रबार

भारतबाट आइ मदिरा पिएर नेपालमा होहल्ला, अवैध भट्टी पसल बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Two whiskeys and a bottle

वीरगन्ज, ११ भदौ । भारतीयहरुले सीमा क्षेत्रको नेपाली गाउँमा प्रवेश गरी मदिरा खाएर होहल्ला र अवाञ्छनीय क्रियाकलाप गर्न थालेपछि पर्सा प्रहरीले त्यस भेगमा सञ्चालित अवैध मदिरा पसल बन्द गराउन थालेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको सुरक्षाकर्मीको टोलीले अवैध रुपमा सञ्चालित करिब पाँच दर्जनभन्दा बढी मदिरा पसल बन्द गराएको हो ।
भारत विहार सरकारले मदिरा बिक्रीवितरणमा रोक लगाएपछि भारतीयले नेपाली सीमामा आएर मदिरा खाई गलत क्रियाकलाप गर्न थालेपछि प्रहरीले नेपाली सीमा क्षेत्रको पिराडी गुठी, छपकैया, अमरकट्टी, इनरुवा, विश्वा, आशबाढी, बुलगाइ, घोरे, मिर्जापुर, तिहुकी, ठेलराहा, प्रसैनीभाठा, जानकीटोल लगायत गाउँमा अवैध रुपमा सञ्चालित मदिरा पसल बन्द गरेको हो ।

पर्सा प्रहरीले नेपाल भारतको दशगजा क्षेत्र अन्तर्गत ५०० मिभित्र मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा समेतमा रोक लगाएको छ । रासस