१ कार्तिक २०८३, शनिबार

साउदीमा सजाय पाएका रामचन्द्रलाई बचाउन दोहामा काभ्रेलीहरू संगठित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kavreli-Doha– महेन्द्रप्रसाद पोखरेल

दोहा । साउदी अरबमा सजाय भोगिरहेका रामचन्द्र तिमिल्सिनालाई बचाउने अभियान सञ्चालनार्थ तदर्थ समिति गठन गरेर दोहामा रहेका नेपालीहरूले पाँच लाख रुपैयाँ सहयोग जुटाएका छन् ।

दोहामा हालै भएको काभ्रेलीहरूको भेलाले रामचन्द्रका लागि नेपाली पाँच लाख सहयोग संकलन गरेको हो । कार्यक्रममा काभ्रेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व गौरबराज अधिकारीले गरेका थिए ।

आगामी महिना कार्यसमिति बिस्तार गर्ने योजना रहेको र उक्त कार्यसमिति गठन तथा बिस्तार कार्यक्रममा सहभागी हुन सबै काभ्रेलीहरुलाई अनुरोध गर्दै कार्यक्रम समापन भएको थियो ।