१ कार्तिक २०८३, आइतबार

जेनिफर लरेन्स विश्वकै धनी कलाकार, दीपिका पुछारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jennifer-lawrenceलसएञ्जलस । हलिउड सुन्दरी जेनिफर लरेन्स विश्व सिनेजगतकै सबैभन्दा बढी कमाई गर्ने हीरोइन ठहरिएकी छन् । उनको एक वर्षको कमाई ४६ मिलियन डलर रहेको छ । फोर्ब्स म्यागाजिनले सार्वजकि गरेको सबैभन्दा बढी कमाई गर्ने हीरोइनको ‘टप टेन’ सूचीमा उनी पहिलो नम्बरमा परेकी हुन् ।

फोर्ब्सको यो सूचीमा लरेन्स लगातार दोस्रो पल्ट पहिलो नम्बरमा परेकी हुन् । म्यागाजिनले जनाएअनुसार उनको सन् २०१५ को कमाई अघिल्लो वर्षको तुलनामा ११.५ प्रतिशत न्यून हो ।

विश्वभरका सबै हीरोइनलाई पछाडि पार्दै बढी कमाई गर्ने अभिनेत्रीको पहिलो स्थानमा आफूलाई दोहोर्‍याउन लरेन्स सफल भईन् । लरेन्सले रिलिज हुन बाँकी रहेको फिल्म ‘प्यासेन्जर्स’मा निकै राम्रो पारिश्रमिक लिएको पनि उक्त म्यागाजिनले जनाएको छ ।

यसैगरी ३३ मिलियन डलर कमाई गरेर हलिउडकी अर्की अभिनेत्री मेलिसा मकार्थी दोस्रो नम्बरमा परेकी छन् । हीरोइन स्कारलेट जोहानसनको एक वर्षको कमाई २५ मिलियन डलर रहेको छ र उनी सूचीको तेस्रो स्थानमा छिन् ।

उनको कमाई पनि अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले कम हो । तर, उनी महंगी हीरोइनको रुपमा चिनिन्छन् । उनले ‘घोस्ट इन सेल’मा विवादास्पद भूमिकाका लागि १७.५ मिलियन डलर लिएको फोर्ब्सको भनाई छ ।

हलिउडकै अर्की सुन्दरी जेनिफर एनिस्टन २१ मिलियन डलर कमाईको आँकडासहित चौंथो नम्बरमा छिन् भने चिनिया हिरोइन फेन विङविङ १७ मिलियन डलर वार्षिक कमाइ गरी बढी कमाउने अभिनेत्रीको पाचौं स्थानमा देखिएकी छन् ।

Deepika-Padukone-hot-new-with-sexy-mudयसैगरी छैठौं स्थानमा रहेकी चार्लिज थेरोनको गत वर्षको कमाई १६.५ मिलियन डलर रहेको छ । उनी पनि थोरै काम र धेरै पारिश्रमिक लिने हीरोइनको रुपमा गनिन्छिन् । उनले ‘द हन्ट्सम्यान विन्टर्स वार’ मा १० मिलियन डलर लिएकी थिईन् ।

पाँच पल्ट ओस्कार अवार्डको नोमिनेसनमा पर्न सफल अभिनेत्री एमी एडम्स बढी कमाई गर्ने हीरोइनको सूचीको सातौं नम्बरमा परेकी छन् । उनको कमाई १३.५ मिलियन डलर भएको उक्त म्यागेजिनले जनाएको छ ।

जुलिया रोबटर्सले १२ मिलियन डलर कमाई गरी आठौं स्थान र मिला कुनिसले ११ मिलियन कमाई गरी नवौं स्थानमा आफूलाई उभ्याएका छन् ।

सूचीमा दशौ स्थानमा भने बलिउड हिरोइन दीपिका पादुकोण परेकी छन् । उनको २०१५ को कमाई १० मिलियन डलर रहेको फोब्र्सले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

हलिउडको कमाइले समेत उनलाई यो सूचीमा पर्न बल पुगेको हो । उनी पछिल्लो समय बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने हीरोइन समेत हुन् ।

दीपिकाले सन्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’का लागि १२ करोड भारु पारिश्रमिक माग गरेको खबर संचारमाध्यममा आएको छ । फिल्म ‘ट्रिपल एक्स रिटर्न अफ जेन्डर केश’ मार्फत दीपिकाले हलिउडमा समेत करिअर सुरु गरिसकेकी छन् । – एजेन्सी