काठमाडौं, १० भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई उपप्रधानमन्त्री पद नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।
गच्छदारले फोनमार्फत प्रचण्डलाई समर्थन फिर्ता लिने चेतावनी दिएको स्रोतले बतायो । गच्छदारको चेतावनीपछि प्रचण्डले मिलाएरै अघि बढ्ने आश्वासन दिएका थिए । सानो मन्त्रिपरिषद बनाउने योजनामा रहेका प्रचण्ड उपप्रधानमन्त्री थप्ने विषयले तनावमा परेको बताइन्छ ।
काँग्रेस–माओवादी गठबन्धनलाई प्रधानमन्त्री निर्वाचनमा सहयोग गरेको र अविश्वासको प्रस्तावको पक्षमा मत हालेको फोरम लोकतान्त्रिकले यसअघि पनि उपप्रधानमन्त्रीसहित दुई मन्त्रालय पाउनुपर्ने दावी गरेको थियो, तर उनलाई उपप्रधानमन्त्री नदिने निर्णय काँग्रेस-माओवादीले गरेपछि गच्छदार अहिले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीभित्र छलफलमा जुटेका छन् ।
पञ्चायत कालदेखि लगातार मन्त्री हुँदै आएका गच्छदारले छिटो निर्णय लिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन् ।












प्रतिक्रिया