काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका युवा नेता शोभाकर पराजुलीले गुण्डा, भ्रष्टाचारी, अवसरवादीलाई खोजीखोजी बारम्बार मौका दिएर राजनीतिलाई फोहोर बनाउने काम भइरहेको बताएका छन् ।
पार्टीले विभिन्न प्यानलबाट मन्त्री छनोट गरेर सरकारमा पठाएपछि नेता पराजुलीले राजनीतिलाई फोहोर बनाउने कार्यलाई कसरी सच्याउने होला भन्दै प्रश्न गरेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन- ‘हे कृष्ण ‘गुण्डा, पैसावाला, भ्रष्टाचारी, गर्लफ्रेन्ड, चाकडिबाज, नातेदार, दल–गुट बदल्ने अवसरवादी’ हरुलाई खोजी खोजी बारम्बार मौका दिएर राजनीतिलाई फोहोर बनाउने कार्यलाई कसरी सच्याउने होला ?’
कांग्रेसले संस्थापन (देउवा), पौडेल समूह, कृष्ण सिटौला र खुमबहादुर खड्का समूहबाट सरकारमा मन्त्री पठाएको छ । विभिन्न समूहका १३ मन्त्रीले शुक्रबार सपथ समेत लिएका छन् ।
यस्तो छ पराजुलीको स्टाटस्ः













प्रतिक्रिया