२७ कार्तिक २०८३, शुक्रबार

त्रिशुली नदीमा बस खस्दा बीस यात्रुको, १७ जना घाइते (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Trisuli-bus-accident
काठमाडौं, १० भदौ । चितवन जिल्लाको चन्डीभञ्ज्याङ्गस्थित त्रिशुली नदीमा बस खसेर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

आज बिहान ग १ ख ३७०९ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २० जना यात्रुको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृत्यु हुनेमा १८ पुरुष र २ महिला रहेका छन् ।

गौरबाट पोखराको लागि छुटेको बस चितवनको चण्डीभञ्ज्याङ्ग– ५ स्थित कालीखोलाबाट त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटनामा घाइते भएका १७ जनालाई उद्धार गरी उपचारको लागि भरतपुर पठाइएको छ । बस सडकबाट अन्दाजी डेड सय मिटर तल नदीमा खसेको हो ।

घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर छ । नदीमा अरु यात्रु पनि हराइरहेको आशंकामा प्रहरीले खोजी तथा उद्धार राखेको जनाएको छ ।